फोटो फाएलबाट,
अर्जुन जम्नेली राई, मोरङ-पथरी जेठ २८ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा ८ कक्षाको परीक्षाको नतिजाको बिषयलाई लिएर तरवार प्रहारहुदा एक जना गम्भीर घाइते भएको छ ।
घटना विवरण अनुसार गोठगाउँ स्थित पञ्चायत माविमा पढ्ने सदिन राई र सन्देश चौधरीको परीक्षाको नजिताको विषयमा सुक्रबार दिउसो डिस्कस भएको थियो ।
राई र चौधरी पञ्चायत माविमा कक्षा ८ को सँगै परीषा दिएका थिए । प्राप्त नजितामा प्राप्त नम्बरको बिषय दुई जनाको विद्यालय परिषरमा जिस्कन्दा जिस्कन्दै डिस्कास परेको थियो।
सोही विषयलाई लिएर चौधरीको आफन्त हुँ भन्दै निकेस चौधरीले सुक्रबार राति ९ बजे सदिपलाई फोन गरेर सल्लाह गर्न आइज भन्दै गोठगाउँको कमत टोलमा बोलाएका थिए ।
सदिप राईले आउँदिन विहान कुरा गरौ भन्दा नआए केटाहरु लिएर घरैमा आउने धम्कि दिएपछि दाजु ज्ञानदिप र छिमेकी नवराज राई सहित तीन जना कामत टोल पुगेका थिए ।
कामत टोल पुग्दा सन्देश चौधरीसँग किन डिस्कस गरेको भन्दै सदिपलाई नभएर उनका दाजु ज्ञानदिप राईलाई निकेस चौधरीले तरवार प्रहार गरेर ढालेको घट्नामासँगै रहेका नवराज राईले बताए । तरवार प्रहारपछि बाँकी दुई जनालाई पनि प्रहार गर्न खोजेपछि भाग्दै ज्यान मा¥यो गुहार गुहार भनेपछि घट्ना स्थल वरपरबाट मान्छेहरु आएर ज्यान बचेको राईले बताए ।
तरवार प्रहारबाट ज्ञानदिपको आन्द्रा बाहिर निस्केको थियो । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेसन भएपनि अझै खतरा मुक्त भइ नसकेको ज्ञानदिपको काका जीवन राईले बताए ।
घट्नामा संलग्न सुन्दरहरैचा ७ कै १७ बर्षका सागर चौधरी, १७ का भबिन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीषक रामजी कटुवालले बताए। अन्य अभियुक्तहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
निकेस चौधरीले योजनाबद्ध रुपमा आफूहरुको हत्या गर्न खोजेको पीडित सदिप राईले बताए । पीडित पक्षले शनिबारै ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् ।
Post a Comment