अर्जुन जम्नेली राई,मोरङ-पथरी, जेठ २५ गते । रातो तारा डट कम-मोरङको पथरीशनिश्चरे नगरका कान्छा उम्मेदवार सुमन वनेम लिम्बूले बिहिबार शनिश्चरेको महेन्द्र चौकमा कार्यक्रमको आयोजना गरी चुनावी कार्यालय खोलेका छन् ।
उम्मेदवार लिम्बू नेकपा (माओवादी केन्द्र)बाट पथरीशनिश्चरे—९ का वडा अध्यक्षको उमेद्वार हुन । २९ बर्षिय लिम्बू नगरमा अहिलेसम्म घोषित सबै उमेद्वारहरु भन्दा कान्छा हुन । नगरमा माओवादी, कांग्रेस, एमाले, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको दलले उम्मेदवार घोषणा गरिसकेका छन् ।
उद्घाटन कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य(पीबीएम) तथा मोरङ जिल्ला इन्चार्ज कुसल लिम्बू, पीबिएम तथा पूर्ब सभासद लालबहादुर सुस्लिङ मगर, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, वाइसीएल केन्द्रीय सदस्य बिजय डाँगि, गंगा साँबा, वडा नम्बर १ का अध्यक्षको उमेद्वार कमल हाङबाङ्ग लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । प्रतिबद्धता व्यक्त गर्ने क्रममा वडा अध्यक्षका उमेद्वार सुमनले संगठनले जित्ने दावि गरे ।
मन्तब्यको क्रममा उमेद्वार लिम्बूले वडाका सुकुम्बासी समस्या हल गर्न पहल गर्ने, युवा र महिलालाई शिपमूलक तालिमपछि रोजगारीको लागि पहल गर्ने, व्यवस्थित खानेपानी र सिंचाईको व्यवस्था, जनताको सुविधाको लागि सुपत मूल्य बजार स्थापना गर्ने लगायतको योजना सुनाए ।
Post a Comment