बिराटनगर जेठ २५ गते । रातो तारा डट कम-बेटर ब्रीक
नेपाल परियोजनाले आज विराटनगरमा मोरङका विभिन्न इटाँभटटामा काम गर्ने बालश्रमिकको उत्थानको लागी मोरङमा कार्यरत सञ्चारकर्मिहरु माझँमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोवल फियरनेशको आर्थिक सहयोगमा एकिकृत हातेमालो समाज नेपालले मोरङको इटाँ भटटामा काम गर्ने वालश्रमिक मुक्त गर्ने विषयमा छलफल गरेको हो ।
छलफलमा मोरङमा कार्यरत २ दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो । एकिकृत हातेमालो समाज नेपालले मोरङमा रहेका विभिन्न इटाँ भटटामा काम गर्ने भारतिय बालश्रमिक को शिक्षा स्वास्थ्य तथा बातावरण प्रदुशण नियन्त्रणका लागी कार्य गदै आएको कार्यक्रम संयोजक सुनिता ताम्राकारले रातो तारा डट कम का स दा लाई
जानकारी दिनु भएको थियो ।
Post a Comment