काठमाडौं, जेठ ३१ गते । रातो तारा डट कम, व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको भन्दै बिरोध हुनथालेको छ।
सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्क्याएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो । स्रोत नागरिक बाट
Post a Comment