काठमाडौं,असार ६ गते । रातो तारा डट कम,नेपाल(चीन परामर्श संयन्त्र बैठकले दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको छ ।
काठमाडौंमा मंगलबार बसेको नेपाल चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको हो ।
नेपाल चीन परामर्श संयन्त्रको बैठक विगत चार वर्षदेखि स्थगित हुँदै आएको थियो । बैठकमा नेपाली पक्षले ‘वान बेल्ट वान रोड’ सम्बन्धि चिनियाँ प्रस्तावलाई अघि बढाउने पुनः प्रतिवद्धता समेत जनाएको थियो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कोङ सोन्यूले गरेका छन् ।
चीनले नेपालको आर्थिक विकासमा आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली पक्षले भने नेपालको भूमिमा चीन विरोधि गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहोर्याएको थियो ।
Post a Comment