Websoft University

सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता हुने

फोटो फाएलबाट-काठमाडौ,असार ७ गते । रातो तारा डट कम,फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । 

आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताउनुभयो । 

उहाँले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गर्नुभयो । 

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही रु १० हजार पाउनेछन् । 

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु ९० लाख रहेको आयोजकले जनाएको छ । 

आर्मी क्लब र बजाज बाइकबीच सम्झौता 
त्रिभुवन आर्मी फुटबल क्लबलाई बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दले सहयोग गर्ने भएको छ । 

भदकालीस्थित आर्मी अफिर्सस क्लबमा आज आयोजित एक कार्यक्रममा आर्मीलाई हुलासचन्दले तीन वर्षको लागि प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.