Websoft University

विभिन्न कार्यक्रमको आयोजना गरी शरणार्थी दिवस मनाए


झापा-दमक,असार ७ गते । रातो तारा डट कम,१७ औ विश्व शरणार्थी दिवस
झापा र मोरङमा हिजो विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

बेल्डाँगी शिविर व्यवस्थापन समिति र शनिश्चरे क्याम्प व्यवस्थापन समितिको अगुवाईमा भुटानी शरणार्थीले विभिन्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय शरणार्थीको मान्यता दिनुपर्ने, स्वदेश फर्कन चाहने शरणार्थीलाई सरकारले प्राथमिकता दिनुपर्ने, त्यसपछि मात्र नेपालमा नै बस्न चाहने र तेस्रो मुलुक पुनर्वास हुन चाहनेको मागलाई पुरा गर्नुपर्ने लगायतका माग ज्ञापनपत्र उल्लेख छ । 

ज्ञापन पत्र बुझ्दै प्रजिअ खत्रीले शरणार्थी समस्या समाधानप्रति स्थानीय प्रशासन गम्भीर रहेको बताउँदै नेपाल सरकारसमक्ष यो समस्या राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “तपाईंहरुको समस्याका विषयमा म पहिलादेखि नै जानकार छु, यस मागलाई नेपाल सरकारसमक्ष गम्भीरतापूर्वक राख्नेछु ।” 

सो अवसरमा भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्याको दिगो समाधान भनेको नै स्वदेश फिर्ती रहेको हो भन्नुभयो । 

उहाँले भन्नुभयो, “हामीलाई हाम्रो जन्मभूमिको माया छ, हाम्रो समस्याको समाधान भनेको स्वदेश फिर्ती नै हो, यसका लागि सम्बद्ध पक्षले अविलम्ब पहल थालोस् ।” 

शिविरमा दुई दिनसम्म सञ्चालन भएको सांस्कृतिक महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई भुटानी शरणार्थीकातर्फवाट अभिनन्दनसमेत गरिएको थियो । रासस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.