Websoft University

विपक्षी दलका नेता केपी ओलीलाइ प्रश्न गर्दै भने धम्भ बढी भएन : प्रधानमन्त्री



काठमाडौं, जेठ २३ गते । रातो तारा डट कम-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका नेता केपी ओलीले आफूलाई धन्यवाद दिनुको सट्टा दम्भ देखाएको बताएका छन् ।

मंगलबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘तपाईले भन्नु भो हामीले ठीक्क गरिदियौं, जुगाँमा ताउ… अलि धेरै दम्भ भयो भन्ने लागेको छ । प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छैन ।’

उनी अघि सम्बोधन गर्ने क्रममा ओलीले जुगाँमा ताउ लागेको इशारा गर्दै आफ्नो नेतृत्वको सरकारले सबै ठीक्क पारेको तर, प्रचण्डले जस लिएको बताएका थिए ।

त्यसको जवाफ दिँदै प्रचण्डले ओलीलाई प्रश्न गरे, ‘सबै हामीले ठीक्क पारेको टुटी मात्र खोल्यो भन्नुभयो । टुटी मात्र खोलेको हो त ? यस्तो यस्तो (जुगाँमा ताउ लगाएझैं गर्दै) गरेर देखाउनु भयो । मैले त त्यसो गर्न चाहेको छैन ।’

उनले अघि भने, ‘मलाई त लागेको थियो, पोहोर भनेको यो पनि गरिस्, त्यो पनि गरिस्, धन्यवाद भन्नु होला भनेको त, सबै मैले गरेको टुटी मात्र खोलेको भनेको जस्तो गर्नु भो । यसले फाइदा हुँदैन भन्न चाहन्छु ।’

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा मतपत्र च्यात्नु गलत भएको समेत बताए । साथै उनले कुनै एउटा घटनालाई सामान्यिकरण र सैद्धान्तिकरण नगर्न एमालेलाई चेतावनी दिएका छन् ।

घटना भएको भोलिपल्ट आफूले निर्वाचन आयोगका पदाधिकारीहरुलाई बोलाएर भरतपुर घटना गलत भएको भन्दै जे ठीक लाग्छ त्यही गर्न भनेको सदनलाई सुनाए ।

भरतपुर घटनाको केही दिन अगाडि मात्र आफूले छोरी समेत रहेकी मेयरकी उम्मेदवार रेणुलाई फोन गरेर ‘जिते पनि जित्यौ, हारेपनि जित्यौं ढुक्कसँग बस्नु’ भनेको सुनाउँदै उनले भने, ‘त्यसपछि तीन दिन कुनै कुराकानी भएको छैन ।’

तर, एमाले अध्यक्ष ओलीले आफूतिर संकेत गर्दै ‘भन्यो भने भित्रभित्र कहाँकहाँ पुग्छ, लाज हुन्छ’ भनेको भन्दै प्रचण्डले भने, ‘भन्नुस् सबै कुरा भन्नुस् । यति भनेपछि अरु के बाँकी छ, त्यो पनि भन्नुस् । सबै सामना गर्न तयार छु ।’

लुकिछिपी छ भन्ने लाग्छ भन्ने भन्नुस् भन्दै उनले ओलीतिर औल्याउँदै भने, ‘तपाईलाई त भन्न के लाज भयो र । गर्नेलाई हुने हो नि लाज । तर, तपाईले इमान्दारिताका साथ यो सदनलाई भन्ने हो भने मैले भनेको छु, पर्सन्नली त म तपाईले सोचेको ठीकै हो कि भन्ने लोगेको छ । तर, नियम कानुन सबै छ ।’

ओलीले लोकतान्त्रिकरणको इमान्दारितामाथि नै प्रश्न उठाएकोमा उनले आक्रोस पोखे । दोस्रो संविधानसभामा पार्टीले नराम्रो हार व्यहोरेपछि पार्टीकै केही नेताले मतपत्र च्यातौं र जलाऔं भनेर भन्दा आफूले रोकेको उनले सुनाए ।

गणतन्त्रप्रतिको निष्ठाका कारण सेना र हतियार समायोजन जस्ता जोखिमपूर्ण काम सहजतापूवर्क गरेको भन्दै प्रचण्डले प्रश्न गरे, ‘कति प्रमाण चाहियो इतिहासदेखि बर्तमानसम्मको ? १२बुँदेदेखि राजीनामा दिने समय मम्मको कति प्रमाण चाहियो लोकतान्त्रिकरणप्रति इमान्दारिताको ?’

उनले अघि भने, ‘तपाईहरुले आफ्नै इतिहास हेर्नुभयो भने कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ? तपाईहरुले के-के गर्नु भएको थियो इतिहास त सबैले हेरेकै छन् । न्यायालयका विरुद्ध के-के भएका थिए भन्ने पनि नबुझिएको छैन ।’

भरतपुर घटना अपवादका रुपमा घटेको भन्दै उनले एउटा घटनालाई यतिधेरै सामान्यिकरण र सैद्धान्तिकरण नगर्न एमालेलाई चेतावनी समेत दिएका छन् ।

सरकारले दोस्रो चरणको चुनाव असारमा निर्णय गर्दा ओलीले अब स्वीमिङ कस्टुम लगाएर भोट हाल्न जानु पर्ने भयो भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘डुंगा चढेपनि, स्वीमिङ कस्टुम लगाए पनि भोट हाल्न जाने नै हो ।’अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.