मोहन राई -संखुवासभा, आषाढ ४ गते । रातो तारा डट कम, संखुवासभाका ५ नगरपालिका र ५ वटै गाँउपालिकामा आसन्न असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उमेदवारी मनोनयन दर्ता कार्य जिल्लाका सबै ठाउँमा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
आज विहान ८ वजेदेखि बेलुकी ५ वजेसम्म उमेदवारी दर्ता मनोनयन पत्र निर्वाचन कार्यालयले गरेका थिए । संखुवासभाको सदरमुकाम खाँदवारी नगरपालिकामा स्वतन्त्रका उमेदवार जीवनाथ खनालले सवैभन्दा पहिला विहान ८ बजेनै दर्ता गराएका थिए ।
यसंै गरी यस नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदका लागि महेश थपलिया, उपमेयरका लागि निरु वस्नेत (तामाङ) एमालेको तर्फबाट मेयरको लागि मुरारी प्रसाद खतिवडा, उपमेयर डेगेश्वरी श्रेष्ठ, त्यसै गरी माओवादी केन्द्रबाट वीरबहादुर लिम्बू , उपमेयरमा शुशिला घिमिरे, राप्रपा नेपालबाट भीम बहादुर कार्कीले मेयर पदमा उमेदवारी दिएका छन् ।
यता चैनपुर नगरपालिकामा मेयर पदका लागि नेपाली काँग्रेसका शंकरमान कँडेल, उपमेयर अन्जना लिंथेप, त्यसै गरी एमालेबाट मेयरका लागि भरतकुमार खत्री, उपमेयरका लागि मुना श्रेष्ठ, राप्रपा नेपालबाट मेयरका लागि विमला गौतम, उपमेयर दुर्गामणि कार्कीले मनोनयन गर्नुभएको छ ।
त्यसैगरी माओवादी केन्द्रका सुमनकुमार डाँगीले मेयर पदमा उमेदवारी दिनुभएको छ भने उपमेयरमा सविना राईले दिनुभएको छ । यसैगरी संघीय समाजवादीका तर्फबाट मेयरपदमा हरीकुमार राईलाई उमेदवारी बनाएको छ भने परिवारदलले उपमेयरपदमा जीवनाथ मोक्तानलाई उमेदवारी दिएको छ । यसै गरी यसै नगरपालिका वडा नं. ११ का लागि स्वतन्त वडा सदस्यको उमेदवार भद्रबहादुर दाहलले समेत उमेदवारी दिएका छन् ।
यता मादी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरपदका उमेदवारको रुपमा रामकुमार जिमी, उपमेयरमा कल्पना खत्री रहनु भएको छ भने एमालेबाट मेयर पदका लागि विदुर सुब्बा, उपमेयर पदका लागि उर्मिला सुवेदीले उमेदवारी दिनुभएको छ भने माओवादी केन्द्रबाट मेयर पदका लागि दावा शेर्पाले उमेदवार दिनुभएको छ यसैगरी उपमेरमा इन्दिरा कार्की लाई उमेदवारी बनाएको छ , राप्रपा नेपालले समेत चिन्तामणि दाहाललाई मेयरपदमा उठाएको छ ।
यसैगरी उपमेयरमा देवी घुण्डेलाई उमेदवार बनाएको छ ।
त्यसै गरी पाँचखपन नगरपालिकामा नेपाली काँग्रेको तर्फबाट मेयर पदमा विपिन राई, उपमेयरमा सीता श्रेष्ठ , एमालेका तर्फबाट मेयरमा मानसिंह पोखरेल, उपमेयरमा भिमा राईले उमेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रबाट लोकमान बोगटी, उपमेयरमा रुपा न्यौपानेलाई उमेदवारी वनाएका छन् । संघिय समाजवादी पार्टीले समेत मेयरपदमा विक्रम राईलाई उमेदवार बनाएको छ भने राप्रपा नेपालले उपमेयर पदमा विन्दा मोक्तानलाई दिएको छ ।
यसै गरी धर्मदेवी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर रमेश जिमी, उपमेयर शोभा घिमिरे, एमालबाट मेयर भिम लिंखा, उपमेयर शोभा राय, माओवादी केन्द्रबाट पूर्व सभासद उमा विष्ट, उपमेयरमा छिरिङ्ग शेर्पाले उमेदवारी दर्ता गराएका छन् ।
संखुवासभाका पाँचैवटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण वडाहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, संघिय समाजवादी दल, राप्रपा लगायत दलहरुले उमेदवार दर्ता गराएका छन् ।
जिल्लाको ५ नगरपालिकाका ४९ वडाहरु र ५ गाउँपालिकाका २७ वडाहरुका लागि विशेष गरीकन नेपाली काँग्रेस र एमाले चुनावी प्रतिस्प्रधामा होमिएका छन् । आइतवार अपरान्ह ५ बजेसम्म जिल्लाका सबै मतदान केन्द्र स्थित निर्वाचन कार्यालयहरुमा कार्यकर्ताका भीडभाडका साथ राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।
कडा शान्ति सुरक्षाको व्यवस्थाका साथ प्रत्यक निर्वाचन कार्यालयमा कर्मचारीहरु खटेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment