काठमाडौं, जेठ २६ गते । रातो तारा डट कम- महेशपुरपतार गाउँपालिका–६, सीतापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झन्डाले रंगिएको छ ।
घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन् । यसबेला तराईमा चुनावी माउल तातन थाल्यो, जनता कसैको कुरा सुन्न मान्दैनन्- हाम्रो पाटिको होइन राम्रो नेता चाहियो भन्न थालिसकेका छन।
तीनपटक मिति सर्दा सीतापुरमा चुनावी चहलपहलमा कमी आएको छैन । गाउँ प्रवेश गर्नासाथ झन्डै २ किलोमिटर बस्तीका ९० प्रतिशत सबै घर चुनावी झन्डाले रंगिएको छ ।
पहिला कांग्रेसले राख्यो,’ मुसहर वस्तीकी शीलादेवीले भनिन्, ‘पछि आएर एमाले र फोरमले पनि झन्डा राख्छौं भनेपछि हुन्छ भन्यौं ।’ दलित वस्तीका ३३ घरमध्ये अधिकांशमा कांग्रेस र बाँकीमा एमाले र फोरम दुवै पार्टीका झन्डा राखिएका छन् ।
‘भोट त हामीजस्ता गरिबलाई बास र गाँसको व्यवस्था जसले गर्छ उसैलार्य दिन्छौं,’ शीलादेवी भन्छिन्, ‘भोट माग्न पनि धेरै आए, झन्डा पनि सबैले राखेका छन् । तर, भोट त हाम्रो समुदायको दुःखमा मलम लगाउनेलाई मात्र हो ।’
शीलादेवी त एक प्रतिनिधि उदाहरण मात्रै हो । जनप्रतिनिधि चुन्न व्यग्र मतदाताको भनाइ शीलादेवीको जस्तै छ । स्रोत गरिक दैनिक
Post a Comment