Websoft University

संघीय समाजवादी फोरम नेपालले शेरबहादुर देउवालाई समर्थन गर्ने



काठमाडौं, जेठ२१ गते। रातो तारा डट कम,उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।

फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले अनलाइनखबरसँग भने, ‘देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं, अहिले यतिमात्रै बुझ्नुस् ।’

संसदमा आफूहरु प्रतिपक्षको बेञ्चमा नबसी सत्ता पक्षको बेञ्चमा बस्ने यादवले बताए । अनलाइन खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.