Websoft University

लेखनाथ महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो



पोखरा, जेठ २७ गते । रातो तारा डट कम,पोखरा लेखनाथ महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित जनप्रतिनीधिले शुक्रबार मतदानमार्फत महिला पाँच र दलित ३ सदस्यहरु निर्वाचित गर्दै कार्यपालिकालाई पूर्णता दिएका हुन् । थपिएका सदस्यहरु सबै एमालेबाट निर्वाचित भएका छन् ।

संविधान अनुसार कार्यपालिकामा पाँच महिला सदस्यमा पाँचैजना महिला सदस्य एमालेका निर्वाचित भएका छन् । कांग्रेस र एमालेका ५र५ जनाले उम्मेद्वारी दिएपनि एमालेका सबै निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा एमालेकी राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्पा पहारी घले र यशोदा भट्टराई निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । बिजेता पाँचै जनाले ११९र११९ मत प्राप्त गरे । पराजित कांग्रेसका गोमा सुवेदी, विष्णु परियार, सीता बास्तोला, तीर्थकुमारी गुरुङ र लक्ष्मी पराजुलीले ४८र४८ मत प्राप्त गरे ।

त्यस्तै, दलित तथा अल्पसंख्यकबाट कार्यपालिकामा ३ जना सदस्यमा तीनैजना एमालेका निर्वाचित भए । निर्वाचित हुनेमा एमालेका चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल (भीमसेन० बिजयी भएका मुख्य निर्वाचन अधिकृत कर्णले बताए । बिजयी कामी र गौचनले ११९र११९ मत प्राप्त गरे भने भुजेलले ११८ मत प्राप्त गरे । भुजेलको एक मतमा मसी राम्रोसँग नदेखिएपछि उक्त मत बदर हुँदा उनको अन्य बिजयी उम्मेद्वारको भन्दा एक मत कम आएको हो । पराजित कांग्रेसका ध्रुव विक, अशोक भट्टचन र सुस्मिता परियारले भने ४८र४८ मत प्राप्त गरे ।

पोखरा लेखनाथ महानगरपालिकामा १ प्रमुख, १ उपप्रमुख, ३३ वटा वडाका वडाध्यक्ष, ५ महिला सदस्य र ३ दलित तथा अल्पसंख्यक गरी ४३ सदस्यीय कार्यपालिका हुन्छ ।

गत बैशाख ३१ गते भएको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकाको निर्वाचित १६७ जना जनप्रतिनिधिमा ११९ जना एमालेका र ४८ जना कांग्रेसका निर्वाचित भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.