मोहन कुमार राई-संखुवासभा, जेष्ठ २८ गते । रातो तारा डट कम,स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति आषाढ १४ गते तोकिए संगै संखुवासभाको चैनपुर नगरपालिकाको पोखरी बजारमा मतदाता स्वातग तथा रुख¥याली सहितको चुनावी आमसभा हिजो सम्पन्न भएको छ ।
हजारौ जनताको उपस्थितिमा उर्लिएको चुनावी आमसभालाई संवोधन गर्नहुँदै पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दीपक खड्काले स्थायी शान्ती र संविधानलाई कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
खड्काले जोगमनी देखि किमाथांका हुँदै दुई छिमेकी राष्ट्रहरुलाई जोड्नका लागि कार्यको थालनी भैसकेको स्मरण गर्नुहुँदै अरुण तेस्रो आयोजनाले पूर्वाञ्चल क्षेत्र र संखुवासभा जिल्ला बढी लाभान्वीत हुँने खुलसा गर्नुभयो ।
कार्यक्रममा चैनपुर नगरपालिका मेयरका उमेदवार संकरमान कँडेलले नेपाली काँग्रेसलाई मत दिनुभई आफ्ना अधिकार सुनिश्चित गर्न आग्रह गर्नु हुँदै जनताको विकास निर्माण र सामाजिक क्षेत्रमा आफू अहोरात्र लागिपर्ने धारणा राख्नु
भयो ।
कार्यक्रममा उपमेयर का उमेदवार अञ्जना सुब्बा, पूर्व सभासद विना पौडेल, महासमिति सदस्य ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, दीपेन्द्रमान शाक्य, क्षेत्र नं.२ क्षेत्रीय सभापति एवं चुनाव प्रचारप्रसार समिति संयोजक दीपक लिम्बू लगायतको वक्ताहरुले बोल्नुभएको सभाको सभापतित्व ववितापौडेले गर्नुभएको थियो ।
अन्य विभिन्न पार्टीबाट नेपाली काँग्रेसमा दर्जन बढी पार्टी प्रवेश गरेको कार्यक्रम संचालक मोहन खत्रीले वताउनुभयो ।
Post a Comment