काठमाडौं, माघ १ गते । रातो तारा डट कम -
दोस्रो राष्ट्रिय योग दिवस शनिबार शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।
मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।
आधुनिक युगको प्रभावमा यसलाई बिर्सिएका नेपाली युरोप
र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् ।
Post a Comment