Websoft University

विराटनगर गुरुकुलमा झ माने झण्डा मंञ्चन हुने



विराटनगर, माघ ११ गते । आरोहण गुरुकुल विराटनगरमा माघ १५ गते देखि झ माने झण्डा नाटक मंञ्चन हुने भएको
छ । विराटनगर गुरुकुल कै आयोजनामा युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेको सो नाटक माघ २३ गते सम्म हाटखोला स्थित सुशिला कोईराला नाटकघरमा मंञ्चन हुन लागेको हो ।

दैनिक अपराह्न साढे ४ बजे सो नाटक मंञ्चन गरिने आयोजकले जनाएको छ । नाटकमा हामी र हाम्रो मानसिकताको मनोभाव, सिंगो देशको हालको याथार्थ चित्रण प्रस्तुत गर्न खोजिएको निर्देशक कामतले बताए ।

नाटकमा भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गिता कोईराला, निदेश आचार्य, कौशिला कामत, श्रीमती सुवास विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

नाटकमा प्रकाश तथा ध्वनी परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर रु १०० र २०० तय गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर रु ७० को टिकट खरिद गर्न सक्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.