Websoft University

उपसचिवसहित पाँच विरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं, माघ १२ गते । २०७३, रातो तारा डट कम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास
तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, सुर्खेतका डिभिजन प्रमुख उपसचिव विष्णुप्रसाद शर्मासहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ठेकेदारसितको मिलेमतोमा गुटु स्वास्थ्य चौकी, सुर्खेतको भवन कमसल निर्माण गरी अनियमितता गरेकाले शर्मासहित इन्जिनियर शशिचन्द्र घिमिरे, सबइन्जिनियर मनोजकुमार यादव, लेखा अधिकृत तुलाराम तिवारी र निर्माण व्यवसायी राजविन्द्रप्रताप सापकोटाविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।

उनीहरूले निर्धारित सर्त र मापदण्डविपरीत फाउन्डेसन बिमसमेत नराखी स्वास्थ्य चौकी भवन निर्माण गरेको र नगरेको कामको समेत नक्कली बिल भर्पाइ बनाई भुक्तानी लिनेदिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख
गरिएको छ ।

शर्मासहित ५ जनालाई जनही २६ लाख ९६ हजार ७ सय ३ रुपैयाँ बिगो कायम गरी जरिवाना तिराउनसमेत अभियोगपत्रमा मागदाबी गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.