Websoft University

एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित प्यानलमा ढकाल पक्षकै वर्चस्व



विराटनगर, पौष २९ गते । रातो तारा डट कम -
एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित हुनुभएको छ । ढकालले ५०३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्याशी महेश रेग्मीले ३०२ मत प्राप्त गर्नुभएको छ ।

 बिहीबार राति सकिएको मत गणनामा ढकालले १९९ मत अन्तरले रेग्मीलाई हराउनु भएको हो । उपाध्यक्ष, सचिव र सहसचिव पदमा पनि ढकालको प्यानलको बर्चस्व रहेको छ । ढकाल पार्टी अध्यक्ष केपी ओली प्यानलको र महेश रेग्मी नेता माधव नेपाल पक्षको मानिनुहुन्छ ।

यसैगरी उपाध्यक्षमा रामलाल साहले ४२४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी सत्यनारायण चौधरीले ३२५ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा ऋषि पोखरलले ४६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी विद्या चाम्लिंगले ३०६ मत प्राप्त गर्नुभएको छ ।

सहसचिवमा धना तामाङले ४२५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राजकुमार ओझाले ३२७ मत प्राप्त गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.