बिराटनगर, माघ १ गते । रातो तारा डट कम-
घनश्याम भण्डारी, उर्लाबारी र मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोला नियन्त्रणका लागि सरकारले चासो नदिएपछि स्थानियबासी आफैँ श्रोत जुटाएर खोला नियन्त्रणमा जुटेका छन् ।
बाँध फुटाएर खोला गाउँमा पसेका बेला सरकारले खोला नियन्त्रण गर्ने आश्वासन दिएपनि काम हुन नसकेपछि स्थानियबासी आफै नियन्त्रणमा जुटेका हुन् । गत असार ७ र २९ गते गरेर दुई पटक नुनसरी–बक्राहा खोला बाँध फुटाएर गाउँ पस्दा मधुमल्लाका ४, ५, ६, ७ र ८ नम्बर वडाका सयौँ घरपरिवार घरबारबिहिन भएका थिए ।
खोलाले मधुमल्ला – ५ को चार ठाउँमा गरेर करिब एक किलोमिटर बाँध फुटाएको छ । हालसम्म पनि सो बाँध मर्मत हुन नसक्दा स्थानियबासी बर्खामा खोला गाउँ पस्ने त्रासमा रहेका छन् । यसवर्ष खोलाले स्थानियबासीको तीन सय बिगाहा जमिन बगरमा परिणत भएको थियो भने हालसम्म पनि ३० घरपरिवार त्रिपाल टाँगेर बगरमै बस्दै आएका छन् ।
मधुमल्लामा स्थानीय राजनीतिक दलका प्रमुखहरुको संयन्त्रले नै स्थानियबासीले अगुवाईमा नुनसरी, रचना, साखरे बाढी पीडित दैवी प्रकोप न्यूनिकरण उद्धार मूल समिति गठन गरेर नै खोला नियन्त्रण गर्न सुरु गरिएको हो । समितिले खोलामा ढुंगा गिट्टी उत्खनन् गर्ने ट्याक्टरबाट दुईदेखि तीन सय रुपैँयासम्म सहयोग रकम उठाएर खोला नियन्त्रणको काम सुरु गरेको
हो ।
गत असोज १ गतेबाट हालसम्म ट्याक्टरबाट सहयोग उठाएर १० लाख जम्मा भईसकेको समितिका अध्यक्ष डिल्लीराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष मात्रै समितिको पहलमा मधुमल्ला ४ र ५ को सिमाना सापकोटाडाँडामा दुई सय मिटर बाँध बनाईएको छ ।
यस्तै मधुमल्ला – ४ को शन्ति टोलमा पनि डेढ सय मिटर बाँध बनाईएको उहाँले बताउनुभयो । बाँध जिर्ण भएका अन्य ठाउँमा पनि मर्मत गर्ने काम भईरहेको खड्काले बताउनुभयो । सिँचाई मन्त्री दिपक गिरीले डेढ महिना अघि खोलाले गरेको क्षतिको स्थलगत निरीक्षण गर्दै यसको मर्मतका लागि तुरन्त पहल गर्ने आश्वासन दिएपनि काम हुन नसकेपछी स्थानियबासी आफै श्रोत जुटाएर यसको नियन्त्रणमा जुटेको स्थानिय जंग खत्रीले बताउनुभयो ।
Post a Comment