Websoft University

एकीकृत घुम्ती शिविरबाट अनुदान वितरण



ओखलढुंगा, माघ १० गते । ओखलढुंगामा एकीकृत घुम्ती शिविरबाट भूकम्प प्रभावितलाई पहिलो किस्ता अनुदान वितरण गरिएको छ । हेलिकप्टर विवादका कारण गाउँमै गएर अनुदान वितरण गर्ने काम रोकिएको दुई महिनापछि फेरि शिविर संचालन गरिएको हो ।

शिविर ओखलढुंगाको पश्चिमी गाविस गाम्नागङ्टारमा चलिरहेको छ । त्यहाँ टारकेराबारी गाविसका प्रभावितलाई समेत अनुदान वितरण गरिँदै छ । शनिबार सुरु भएको शिविर पोकली र रगनीमा अनुदान वितरण गरेपछि समापन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि प्रभावितसँग रकम असुलेर हेलिकप्टर चढेको विषयमा समाचार सार्वजनिक भएपछि शिविर स्थगित भएको थियो । प्रति परिवार एक हजार रकम असुलेर सांसद, दलका नेता र कार्यालय प्रमुख हेलिकप्टर चढेका थिए । शिविरसँगै एकीकृत घुम्ती शिविर पनि संचालन भएको छ ।
शिविरमा नागरिकता, जग्गा पास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र लगायतका सेवा दिइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.