बिराटनगर, माघ ६ गते । २०७३, रातो तारा डट कम -
भारतको विहार राज्यसंग जोडिएकोे दक्षिणी झापा र मोरङको सिमावर्ती क्षेत्रबाट दुलर्भ प्रजातिको छेपारो जस्तो देखिने टोके माउसुली तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको रहस्य खुलेको छ । भारतको विहार स्थित किशनगञ्ज जिल्लाबाट २ करोड २४ लाख रुपैया पर्ने टोके माउसुली सहित दुई जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
बरामद गरिएको माउसुली नेपालको बाटो हुदै चीन जानलाई ल्याएको अनुसन्धानबाट खुलेको भारतीय सुरक्षाकर्मीले जनाएको छ । दुर्लभ प्रजातिको माउसुलीलाई एसियाको केही स्थानमा औषधी बनाउन प्रयोग गरिन्छ । यसबाट बन्ने औषधीले क्यान्सर र जाती नहुने रोग निको हुने भएकोले अन्तराष्ट्रिय बजारमा यसको माग धेरै रहेको बुझिएको छ ।
भारतीय एसएसबी १२ बी वटालियन, आरपीएफ, जीआरपी र वन विभागको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आसामबाट ल्याएको दुई वटा माउसुली जुत्ताको कार्टुनमा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको एसएसबीका डिप्टी कमाण्डर कुमार सुन्दरमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आसाम कोकराझाड बस्ने शहर अली र हमीदुल रहमान साकिनले पाँच लाख कमाउने उदेश्यले किशनगञ्जको कपिलदेव भन्ने व्यक्तिलाई दिन आएका थिए । कपिलदेव भन्ने व्यक्ति माउसुली नेपाल पठाउने काममा सम्लग्न हुने सक्ने भारतीय सुरक्षाकर्मीको भनाई छ ।
Post a Comment