इलाम, माघ ३ गते । रातो तारा डट कम -
इलाममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।
घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो । उनको शरीरका विभिन्न हाडजोर्नी भाँचिएका थिए ।
रूखबाट लडेर गम्भीर घाइते भएका खनालको गएराति उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।
Post a Comment