Websoft University
Latest Post

काठमाण्डौं,माघ १८ गते । रातो तारा डट कम,हिजोबाट निरन्तर हिमपात हुँदा हुम्लाको हवाई उडान बन्द भएको छ । एक हप्ता पछि मंगबार र बुधबार उडान भरेका निजी एयरलाईन्सले हिजोको हिमपातसँगै हवाई उडान प्रभावित भएको हो ।

विहिबार दिनभरको हिमपातले हवाई उडान सञ्चालनमा ल्याउन नसकिएको र अझै दुईतीन दिन लाग्न सक्ने सिमकोट विमानस्थलमा निमित्त प्रमुख गौरव देउजाले बताउनुभयो । लगातारको हिमपातका कारण हुम्लाका नागरिकको जनजीवन कष्टकर बनेको छ ।

यस्तै, हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिका जिल्ला सदरमुकाम सिमकोटसँग सञ्चार सम्पर्क विहिन भएको छ ।

बिराटनगर माघ १८ गते । रातो तारा डट कम, विराटनगर विमानस्थलबाट कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई तीन थान गोलीसहित प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।  

नरेन्द्र नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा भएको प्रहरीले जनाएको छ । गोली लिएर जहाजबाट काठमाडौं जान खोज्दै गर्दा पक्राउ परेका नरेन्द्रलाई अनुसन्धानका लागि भनेर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

उनी साँझ ६ बजेको यति एयरलाइन्सको जहाजबाट विराटनगरहुँदै काठमाडौं जाने तयारीमा थिए ।


अर्जुन जम्नेली राई-पथरी मोरङ,माघ १८ गते । रातो तारा डट कम, पथरीशनिश्चरे नगरपालिका मोरङले जारी गरेको ‘सूचना तथा सञ्चार कार्यविधि—२०७५’ व्यवहारिक नभएको भन्दै स्थानीय पत्रकारहरुको बैठकले संशोधन गर्न सुझाव पेस गर्ने भएका छन् ।

बिहिबार भएको आम सञ्चारकर्मीको भेलाले कार्यविधि संशोधन गरेर व्यवहारिक बनाउन सुझाव दिने निर्णयगरेकोहो । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, महासंघका पूर्व मोरङ जिल्ला सहसचिव मोहन भट्टराई, ब्लाष्ट टाइम्स दैनिकका दिने सुब्बा, एभिन्युज टेलिभिजनका समारचारदाता गोपाल काफ्ले, रिदम एफ.एम.का सञ्चालक कुमार खड्का, सिम्रिक एफ.एम.का विवेक न्यौपाने, टिभि नेपालीका पत्रिका पौडेल, पथरी एफ.एम.का भीमराज अधिकारी, अनमोलमणी साप्ताहिकका भूमि पाठक लगायत पत्रकारहरुको बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाले पत्रकारहरुसँग पर्याप्त छलफल नगरी जारी भएको कार्यविधि मार्फत मिडिया हाउसको क्षमता, स्तरीयताको मापदण्डको ख्याल नगरी अनुदान वितरण गर्न लाग्दा संशोधन गरेर मात्र रकम वितरण गर्न सुझाव पेश गर्ने निर्णय भएको हो । पथरीमा तीन वडा एफ.एफ.रेडियो, पाँच वटा साप्ताहिक पत्रिका र एउटा दर्ता भएको अनलाइन मिडिया रहेको छ ।

पत्रकारहरुको भेलाले नगरपालिकामा रहेका सञ्चार हाउस र सञ्चार क्षेत्रको विकास, नियमन र नियन्त्रण गर्न ‘सञ्चार बोर्ड’ गठन गर्नुपर्ने, कार्यविधि संशोधन गरेर विनियोजन भएको रकम मध्ये आधा लेखन वृति र आधा सञ्चार हाउसहरुको स्तरीयता हेरेर लोक कल्याणकारी विज्ञापनको वितरण गर्न सुझाव दिने निर्णय भएको छ । लोककल्याणकारी विज्ञापनको रकम वितरण गर्दा सञ्चार हाउसहरुले न्युनतम पारिश्रमिक ऐन कार्यान्वयन भए नभएको कुरालाई ध्यान पु¥याउनु पर्ने सुझाव दिएका छन् ।

भेलाले उर्लाबारी, बेलबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका, मिक्लाजोङ र कानेपोखारी गाउँपालिका क्षेत्रमा कार्यरत पत्रकारहरुसँग छलफल गर्दै निकट भविश्यमा नेपाल पत्रकार महासंघको पूर्वी मोरङ छुट्टै शाखा गठनको लागि पहल थाल्ने समेत निर्णय भएको छ ।

केही बर्ष अघिदेखि पथरीमा पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय रहेको छ । सो कार्यालयको लागि जग्गा उपलब्ध गराउन पथरीशनिश्चरे नगरपालिकासँग माग गर्ने समेत निर्णय भएको छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.