Websoft University
June 2025


विराटनगर जेठ  १८ गते । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । 

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट प्रतियोगिताबाट सुनसरीका धरानका गौतम तामाङ र श्रेया सुवेदी तथा इटहरी सुनसरी का कविर आचार्य समेत छनौट हुनुभएको छ । 

अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँका अनुसार राष्ट्रिय प्रतियोगिताको ब्याईज सिंगल्स तर्फ सक्षम, गौतम र कविरले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नुहुनेछ भने गर्ल्स सिंगल्स तर्फ कृपा, स्वस्तिका र श्रेयाले खेल्नुहुने छ । काठमाडौंमा हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि परिषदले जिल्लामा जेठ १२ र प्रदेश स्तरीय छनौट जेठ १७ गते गर्न यस अघि नै पत्राचार गरेको थियो ।

 राष्ट्रिय प्रतियोगितामा दुई खेलाडी छनौट भएपछि एभरेष्ट स्कुलले खुसी ब्यक्त गरेको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘विद्यार्थीको सर्वाङ्गिण विकासको लागि लगानीको प्रतिफलका रुपमा हामीले लिएका छौं । हरेक क्षेत्रमा हाम्रा विद्यार्थी अब्बल हुनुपर्छ भनेर नै हामीले सोहि अनुसारको वातावरण तयार गरेका छौं ।’  


कामाण्डेो जेठ  १८ गते | ( केके मानन्धर ) भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ ।

कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि हुनु सुखद रहेको माननीय थापाको भनाई थियो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युुवायुुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाउनुभयो ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।

त्यस्तै, बागमती प्रदेश सरकारकी सांसद माननीय धनेश्वरी प्रजापतिले बाजागाजाको जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेवार संस्कृतिले नेपाललाई विश्वभर चिनाएको सन्दर्भ कोट्याउँदै उहाँले सांस्कृतिक समृद्धिको लागि राष्ट्रभक्तहरु एकीकृत हुनुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रममा मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति लगायत ६ जना थिमि भैलःका गुरुहरु र पाँच जना बाजा गुरुहरुलाई सम्मान गरिएको थियो । औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा ४ वर्षे बालकदेखि अधैवैंशे पुरुष र महिलाहरु पनि सहभागी हुनुभएको थियो ।

हुनपनि केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो । तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ ।

धिमे नृत्य तथा बाजा प्रस्तुति समेत गरिएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भैलः नाचका गुरुहरु, संस्कृतिप्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।  

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.