Websoft University

नेपाल उद्योग परिसंघको शुभकामना आदानप्रदान - धर्म र संस्कृतिले समालाई एकआपसमा जोड्छ -- प्रदेश प्रमुख -


विराटनगर असोज २४ गते । रातो थार ा डट कम,प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कला, धर्म  र संस्कृतिले समाजलाई एक आपसमा जोड्ने बताउनुभएको छ । 


नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले विजयादशमी, शुभदीपावली, छठलगायतका आसन्न चाडपर्वका अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले  चाडपर्व धर्म, संस्कृतिले राजनीतिक संस्कारलाई पनि परिमार्जन गर्ने धारणा राख्नुभयो ।

विराटनगरजस्तो धेरै जना प्रधानमन्त्री जन्माइसकेको ठाउँका नेताहरूले पुर्खाको योगदानलाई बुझेर कति उपयोग गर्न सक्यौ हामीले भन्ने प्रश्न उठिरहेको उहाँको भनाइ छ । 

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वडादशैं, शुभ दिपावलीलगायतका आसन्न चाड पर्वको शुभकामना दिनुहुँदै राजनीतिक क्रान्ति सकिएर विकास निर्माण, रोजगारी सृजना र उद्योग व्यवसायको बृद्धि गर्ने बेला आएको बताउनुभयो । उहाँले उत्पादन बढाउने, रोजगारी बढाउने काममा निजी क्षेत्रले सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो । उहाँले उत्पादन, वृद्धि, रोजगारी वृद्धि, व्यापार वृद्धिका लागि निजी क्षेत्रलाई सघाउन र सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । 

आयोजक परिसंघ संघका अध्यक्ष भीम घिमिरेले औद्योगिक र व्यावसायिक क्रान्तिका लागि सकारात्मक सोच आवश्यक रहेको चर्चा गर्र्नुभयो । कार्यक्रममा  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि औद्योगिक क्रान्ति आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले चाडपर्वले आपसी सम्बन्ध अभिवृद्धि गर्दै मुलुकको विकासमा अग्रसर हुन सबैमा प्रेरणा जागोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश–१ पूर्वमन्त्री हिक्मतकुमार कार्की, मोरङ प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाल, प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीसहित विभिन्न राजनैतिक दलका नेता, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.