Websoft University

कोरोना बीमा दावी भुक्तानी दिन सुरु


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम,केही महिना यता रोकिएको कोरोना बीमा दावी भुक्तानी बीमा कम्पनीहरूले दिन सुरु गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनपछि ७ दिनभित्रै दावी भुक्तानी दिने व्यवस्था गर्न ५ दिनअघि बीमा कम्पनीहरूलाई बीमा समितिले भनेको थियो । 

यो निर्देशनपछि कम्पनीहरूले दावी भुक्तानीको कामलाई पहिलो भन्दा तीव्रता दिएका छन् । २ महिना यता निजी ल्याबमा गरिएको पीसीआरपरीक्षणको रिपोर्ट पेश गरेका बिमितलाई कम्पनीले भुक्तानी दिएकाथिएनन् । सरकारी ल्याबमा परीक्षण गराएकाहरुलाई पनि निकै ढिला गरेरमात्रै दाबी भुक्तानी दिइरहेका थिए । 

पछिल्लो समय बीमा कम्पनीहरूले दावी भुक्तानी जतिसक्दो चाँडो गर्न थालेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताउँनुभयो । ५ दिनमा ३ हजार ५ भन्दा बढीले कोभिड बीमा दावी भुक्तानी पाइसकेका छन्  । अझै १३ हजार दावी भुक्तानी हुन बाँकी नै छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.