काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम, सङघीय सरकारले स्थानीय तहलाई खाद्यान्न बैँक स्थापना गर्न सुझाव दिएपछि स्थानीय तहले पनि खाद्य बैँक स्थापना गर्ने क्रम बढेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केही स्थानीय तहले यस्तो अभ्यास सुरु गरिसकेका छन् । विभिन्न निकायबाट जम्मा भएको खाद्यान्न जम्मा गर्ने र तोकिएको मापदण्ड पूरा गरेर वितरण गर्नु खाद्यान्न बैँकको अवधारणा भएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । धेरैजसो स्थानीय तहले खाद्यान्न बैँक स्थापना गरे पनि विवरण नपठाएको उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार बुटवल र धरान उपमहागरपालिका लगायतका केही स्थानीय तहले सहकारी, गैरसरकारी र निजी क्षेत्रबाट प्राप्त राहतलाई खाद्यान्न बैँकमा राखेर वितरण सुरु गरेका छन् । स्थानीयस्तरमा उत्पादित खाद्यान्न किनेर खाद्यान्न बैँकमार्फत वितरण गर्न सकिने बताइएको छ ।
Post a Comment