मोहन कुमार राई- संखुवासभा,विश्वभर फैलिदै गईरहेको कोरोना भाइरसको संक्रमणबाट आम नागरीकको सुरक्षाको लागि खटिएको सुरक्षा कर्मीले नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने क्रममा लकडाउन उल्लघन गर्ने विभिन्न व्यक्तिहरु कार्वाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले लक डाउन उल्लंघन गर्ने ८३ जनालाई कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक सन्तोष राईका अनुसार मंगलबार लकडाउनको वेवास्ता गर्दै विनाकाम बजार डुल्ने ८३ जनालाई कारवाही गरिएको हो ।
उनीहरुलाई प्रहरीले कोरोना भाईसर सम्बन्धि २ घन्टा जनचेतनामूलक सन्देश दिएर छोडिएको प्रहरीले जनाएको छ । कोरोना संक्रमणको कारण प्रशासनले लकडाउनलाई कडा पारेको जनाएको छ । नागरीकको सुरक्षार्थ नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउन अतिआबश्यक काम बाहेक कसैलाई घरबाट बाहिर ननिस्कनसमेत आग्रह गरेको छ ।
कोभिड–१९ सम्बन्धी कुनै पनि लक्षण देखा परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि लगायत संबन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment