काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,काठमाडौंमा पनि कोरोना सङ्क्रमित देखिएपछि सरकारले लकडाउन अर्थात बन्दाबन्दीको कार्यान्वयनमा उपत्यकासहित देशभर थप कडाइ गरेको छ । जरुरी कामबिना सडकमा निस्कने र बन्दाबन्दीको आदेशको उलङ्घन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र उभ्याएर राख्ने अभियानलाई तीव्र बनाइएको छ । उपत्यका प्रवेश गर्ने सबै सम्भावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको छ । आज बिहान मात्र लकडाउनको पालना नगरी हिड्ने २ हजार ३८ जनालाई कारबाही स्वरूप ३ घण्टा बाटोमै उभ्याइएको प्रहरीले जनाएको छ । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरू सडकमा निस्किन थालेपछि प्रहरीले कडाइ गरेकोहो । तराइ क्षेत्रका सीमा नाकाहरुमा पनि कडाइ गरिएको छ ।
Post a Comment