Websoft University

शिखर अस्पताल छानविनको दायरामा पर्यो

फायल फोटो,
काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम,झापाको मेचीनगर–१० धुलाबारी स्थीत शिखर अस्पताल छानविनको दायरामा परेको छ । अस्पताल सञ्चालनका लागि दिईएको स्वीकृति नै अबैध भएको भन्ने विषयमा आम सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि हिजो बसेको मेचीनगर नगरपालिकाको कार्यपालिकाको बैठकले अस्पतालको वर्तमान अवस्थाका बारेमा छानबिन गरी विस्तृत जानकारी सहितको प्रतिवेदन बुझाउन तीन सदस्यीय समिति गठन गरेको नगरप्रमुख बिमल आचार्यले बताउनुभयो । 

मेचीनगरका सामाजिक विकास समितिका संयोजक नविन बरालको संयोजकत्वमा कार्यपालिका सदस्य कृष्ण कनाल र वडा नम्बर १२ का अध्यक्ष नगेन्द्र धिमाल सदस्य रहेको छानविन समितिले तीन दिन भित्रमा नगरपालिकालाई प्रतिवेदन बुझाउन कार्यपालिकाको बैठकले निर्देशन दिएको छ । 

तत्काल सार्वजनिक भएको जानकारीका आधारमा नगरपालिकाले छानविनको प्रक्रिया अगाडी बढाएको र त्यसको प्रतिवेदनको आधारमा अन्य निर्णय गर्ने नगरप्रमुख आचार्यले बताउनुभयो । वडा कार्यालयले अस्पताल सञ्चालनको स्वीकृति दिएको बिषयमा बिस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउने गरी छानबिन समितिले हिजैदेखि काम शुरु गरेको छानविन समितिका संयोजक नविन बरालले बताउनुभयो । 

धुलाबारीको स्वास्थ्य केन्द्रको ठिक अगाडी सञ्चालनमा रहेको शिखर हस्पिटललाई मेचीनगर– १० को वडा कार्यालयले कानून बिपरीत सञ्चालन अनुमति दिएको बिषयमा पहिलो पटक रेडियो साथीले पुष २३ गते समाचार सार्वजनिक गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.