काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम,गुल्मीको छत्रकोट गाँउपालिका र काठमाडांैको टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापित भएकोछ । छत्रकोट गाँउपालिका गुल्मीको तर्फ बाट गाँउपालिका अध्यक्ष मधुकृण पन्त र टोखा नगरपालिका काठमाडौं तर्फबाट मेयर प्रकाश अधिकारीले संयुक्त हस्ताक्षर गरि भगिनी सम्बन्ध स्थापित भएको जानकारी गराउनुभएको छ ।
हस्ताक्षरमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आन्तरिक पर्यटन विकास र व्यवसायिक तथा सांस्कृतिक साझेदारीको लागि दिगो भगिनी सम्बन्धको महत्वपुर्ण भुमिका हुने बताईएको छ । छत्रकोट गाँउपालिका गुल्मीको कृषि उपजको दिगो बजार टोखा नगरपालिका काठमाडौं हुन सक्ने सम्भावनाका विषयमा पनि समारोहमा छलफल भएको थियो ।
खुदो र गुणको उत्पादनमा छत्रकोट गाउँपालिका र बजारिकरणमा टोखा नगरपालिकामा राम्रो सम्भावना रहेकाले व्यवसायिक रुपमा पनि यस सम्बन्धले टेवा पु¥याउने छ ।
Post a Comment