Websoft University

एपीएफसँग च्यासलको बराबरी


काठमाण्डौ २८ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा च्यासलले एपीएफसँग गोल रहित बराबरी खेलेको हो । एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.