काठमाण्डौ पुस २८ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको २ देखि ३ हप्तामा स्वास्थ्य समूहको समायोजन टुङ्गीने जनाएको छ । कर्मचारी समायोजन भएको झन्डै एक वर्ष हुनै लाग्दा स्वास्थ्य समूहको कर्मचारी समायोजन अझै टुङ्गीन सकेको छैन ।
गत चैत १४ गते सकिएको कर्मचारी समायोजनमा प्राविधिक त्रुटिका कारण स्वास्थ्य समूहको समायोजनमा कर्मचारीको गुनासो बढेपछि समायोजन टुङ्गीन समय लागेको हो । स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सीआईएनसँग कुराकानी गर्दै गुनासो सम्बोधनका लागि सङ्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सँग मन्त्रीस्तरीय छलफल भइरहेको र अबको दुई तीन हप्तामा समायोजन टुङ्गीने जानकारी दिनुभयो ।
मन्त्री रावतले स्वास्थ्य समूह समायोजनका लागि आह्वान गरेदेखि नै विवादित बनेका कारण यो वर्ष लोक सेवापनि ढिलो भएको बताउनुभयो ।
Post a Comment