काठमाण्डौ पुस २८ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ११ महिनादेखी नेतृत्व बिहिन छ । उमेर हदको विवाद १२ औँ महाधिवेशनको लागि बाधक बनेको छ । महाधिबेशनको बिषयले काँग्रेसको शिर्ष नेतृत्वलाई नै दुई धारमा विभाजन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा कार्यालय छिर्ने मुख्य ढोकैमा दुईवटा हिटर बलिरहेको देखिन्छन् ।
केही युवाहरु हिटर तापेर बसिरहेका छन् । कोही सुतिरहेका पनि छन् । यो क्रम २५ दिनदेखि जारी छ । नेविसंघको नेतृत्वको उमेर हदबन्दी ३२ बर्ष कायम हुनुपर्ने माग गर्दै विद्यार्थीले रिले अनसन जारी राखेका
हुन् । अछामका लक्ष्मी बोगटी कुनैपनि हालतमा आफूहरुको माग पूरा हुनुपर्ने नभए थप आन्दोलन गर्ने बताउनुहुन्छ । दिउँसो महिला विद्यार्थी नेता रिले अनसनमा बस्छन् भने राति पुरुष विद्यार्थी नेता अनसनमा बस्ने गरेका छन् । आज सम्म दुईसय ५० जना विद्यार्थी रिले अनसनमा बसिसकेका छन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी विधान विपरीत काम नहोस् भनेर आफूहरु अनसनमा बसेको बताउनुहन्छ । नेविसंघका नेताको उमेर हद ३२ बनाउने कि धेरै ? यसै पटकबाट उमेर हद लागू गर्ने कि अर्को पटकबाट ? भन्नेमा शिर्ष नेता एक मत हुन सकेका छैनन् । सभापति शेरबहादुर देउवा नै यसपटक उमेर हद लागू गर्नु हुन्न भन्ने पक्षमा हुनुहुन्छ । रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्ष भने उमेरहद लगाउनुपर्ने पक्षमाछन् ।
सभापति देउवाले यसपटक नेता राजिब ढुङ्गानालाई अध्यक्षमा सिफारिस गरिसक्नुभएकोछ । ढुङ्गानाको उमेर ५० हाराहारी छ । देउवाले ढुङ्गानालाई साथ दिन खोज्दा नेविसंघको उमेर हदको विवादले काँग्रेसको गुटलाइ थप प्रसय दिएको छ ।

Post a Comment