काठमाण्डौ माघ १ गते । रातो तारा डट कम,सनातन संस्कृतिका अनुयायी आज माघे संक्रान्ति मनाउँदैछन् । माघ एकको बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृलाई तर्पण गर्ने परम्परा छ । माघे संक्रान्तिमा ब्राम्हण, पुरोहितबाट मैना सुन्ने चलन पनि छ । मैना सुनाउनुको मुख्य उद्देश्य अयन, ऋतु, तिथि र बार आदिको जानकारी दिनु हो । पर्व एकः नाम अनेक सनातन धर्मावलम्बीले माघे र मकर संक्रान्ति मनाइरहँदा थारु समुदाय नयाँ वर्षको रूपमा माघीको उत्सव मनाइरहेका छन् ।
यस्तै, काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ । तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ । माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो । उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन् । मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ । लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्वा तङनामको रुमा मनाउँदै आएका छन् । उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन् ।
भक्तपुरका बौद्ध मार्गीले मनाउँदै सम्यक ’महादान’ पर्व के हो माघे संक्रान्ति सौरमानको पात्रोअनुसार वर्षमा बैशाखदेखि चैतसम्मका बाह्र महिना छन् । ज्योतिषशास्त्र अनुसार यी महिनामा मेषदेखि मीनसम्मका बाह्र राशीमा सूर्य रहने गर्दछ । सूर्यले एक राशीमा एक महिना बिताउने गर्दछ । यसरी नै सूर्य एक राशीबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । यसैले माघ एक गतेलाई माघे संक्रान्ति भनिएको हो ।
यो दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति पनि भनिन्छ । सूर्य उत्तरायण हुने दिन यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने भएकाले (निरयण मान्यताअनुसार) यस दिनलाई महत्त्वका साथ हर्ने गरिन्छ । अयन भनेको सूर्यको बाटो हो । सूर्य वर्षभरि दुई वटा बाटोमा हिँड्ने गर्छ दक्षिण र उत्तर भएर । यसैलाई दक्षिणायन र उत्तरायण भनिन्छ । साउने संक्रान्तिदेखि ६ महिना सूर्य दक्षिणतर्फ रहन्छ । यसैलाई दक्षिणायन भनिन्छ ।
माघे संक्रान्तिदेखि ६ महिना सूर्य उत्तरतर्फ रहने हुनाले यस अवधिलाई उत्तरायण भनिन्छ । माघे संक्रान्तिको परिकार काठमाडौं उपत्यकामा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ । पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाइन्छ । तराई–मधेश क्षेत्रमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ ।
‘माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसोले कठयांग्रिएको शरीरलाई उष्णता प्रदान गर्नु रहेको बताइनछ । यस्ता खाद्य पदार्थ संक्रान्तिमा मात्र नभई महिनाभरि नै खान आयुर्वेदिक चिकित्सकले सल्लाह दिएका छन् । यो दिन घाममा बसेर तेल लगाउने चलन पनि छ । यो परम्परा पनि स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । दोभान र त्रिवेणी स्नान माघे संक्रान्तिमा विशेषगरी त्रिवेणी (तीन नदीको संगम स्थल) र दोभान (दुई नदीको संगम) मा स्नानको महत्व छ ।
नवलपरासीको त्रिवेणी, रिडी क्षेत्रमा रहेको रुरु तीर्थस्थल, चितवनको देवघाट, नुवाकोटको वेत्रावती आदिमा मकर स्थान गर्नेको मेला लाग्छ । यस्तै, झापाको पूर्व–पश्चिम राजमार्गमा पर्ने कनकाई नदी किनारमा माई मेला लग्दछ । इलाममा पनि माइबेनी मेला लाग्ने गर्दछ । उपत्यकामा शंखमूल, वागमती आदि क्षेत्रमा पनि श्रद्धालुको घुइँचो लाग्छ । महिनाकै मत्व संक्रान्ति मात्र होइन सनातन धर्ममा माघ महिनाकै विशेष महत्व भएको बताइन्छ ।
विवाह, व्रतबन्ध लगायतका मांगलिक कार्य गर्न पनि माघ उपयुक्त महिना हो । सूर्यको किरण तेजिलो हुँदै जाने, विस्तारै दिन लामो हुँदै जाने, चिसो कम हुँदै जाने लगायतका कारण पनि माघलाई विशेष महत्व दिइएको हो ।
Post a Comment