Websoft University

भाटभटेनी सुपर मार्केट सहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर अर्बौ छली गरेको सर्वोच्चको ठहर



काठमाण्डौ माघ १ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर कर छली गरेको ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट कर छलीमा दोषी ठहर भएपछि भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रालिले सर्वोच्चमा पुनरावेदन दिएका थिए । 

न्यायाधीकरणको फैसला चित्त नबुझाएर कतिपयमा राजस्व विभाग पनि सर्वोच्च गएको थियो । यी सबै मुद्दा एकैसाथ राखेर हेर्दै हिजो प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाँचै कम्पनीले कर छलेको ठहर गरेको हो । आन्तरिक राजस्व विभागले २०६६ सालमा विभिन्न व्यापारिक घरानाले कति कर छलेका छन् भनेर छानबिन गरेको थियो । 

भाटभटेनी सुपरमार्केटसहित अरू २४ विभिन्न व्यापारिक प्रतिष्ठान र कम्पनीले किन्दै नकिनेको सामानको भ्याट बिल देखाएर अर्बौं कर छली गरेको छानबिनले देखाएको थियो । त्यतिबेला २ अर्ब ७० करोड जति भ्याट छली भएको अनुसन्धानले देखाएको थियो । तीमध्ये भाटभटेनी सुपरमार्केटले नक्कली बिल बनाएर दुइ वर्षमा ९ करोड भ्याट छलेको उल्लेख थियो । उक्त रकम तिर्न विभागले भाटभटेनीलाई आदेश दिएको थियो । 

नक्कली बिल बनाएर भ्याट छलेको भन्दै विभागले कर, त्यसको साँवाब्याज र जरिवानासमेत तिर्न पत्र पठाएको थियो । उक्त पत्रविरूद्ध विभागका महानिर्देशकसमक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.