बिराटनगर पुस २९ गते । रातो तारा डट कम,थारु समुदायको महान् चाड माघी पर्व तथा मगर, छन्त्याल समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुलजातीय, बहुलभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।
शदियौंदेखि एकताबद्ध रहँदै आएका हामी ‘सुखी नेपाली समृद्ध नेपाल’ र ‘भ्रमण वर्ष २०२०’ का लागि अझै अघिबढी एकताबद्ध हुनु आवश्यक छ, मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबध्द भएर अघि बढ्न माघी पर्व तथा माघे संक्रान्तिबाट सबैमा प्रेरणा मिलोस् भनी पुनः सबै–सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
...........................
सोमनाथ अधिकारी ‘प्यासी’
प्रदेश प्रमुख
प्रदेश नं. १
विराटनगर, नेपाल
Post a Comment