Websoft University

ए डिभिजन लिग अन्तरगत छैटौं चरणमा आज दुई खेल हँुदै


काठमाण्डौ पुस २६ गते । रातो तारा डट कम,शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु आजदेखि शुरु हुँदैछ । पाँचौं चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । छैटौं चरणको पहिलो दिन आज २ वटा खेल हुँदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुनेछन् । यो खेल मध्यान्ह १२ बजे शुरु हुनेछ ।  यी दुवै टिम अपराजित छन् । दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.