काठमाण्डौ पुस २६ गते । रातो तारा डट कम,गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देशमा शैक्षिक बेरोजगारी बढेको टिप्पणी गर्नुभएको छ । पोखरा ३२ मजुवामा रहेको कालिका आधारभूत विद्यालयको २९औं वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै कोइरालाले अब विद्यालयहरुमा हाम्रो माटो र हावापानी सुहाउने शिक्षा दिनुपर्ने धारणा राख्नुभयो ।
कोइरालाले अहिलेका धेरै विद्यालय प्राविधिक शिक्षा नभएकोले डिग्री गरेकाहरु पनि बेरोजगार बन्नु परेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले देशमै रोजगार दिनेखालको जनशक्ति उत्पादन गर्नको लागी गण्डकी विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाउदै सके स्वरोजगार नसके रोजगार हुने खालको शिक्षा अहिलेको आबश्यकता रहेको उहाँको भनाइ थियो ।
Post a Comment