Websoft University

बिराटनगर लगाएत देशका बिभिन्न शहरहरुमा आज चौथा योग दिवस मनाइंदै


काठमाण्डौ माघ १ गते । रातो तारा डट कम,‘राष्ट्रिय एकताः योगको सान्र्दभिकता’ भन्ने नाराका साथ बिराटनगर लगाएत आज देशभर बिभिन्न शहरमा विविध कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय योग दिवस मनाइदै छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका क्षेत्रमा काम गर्ने एक सय भन्दा बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको थियो ।

शिक्षा सचिव महेश दाहाल संयोजकत्वमा उपसमिति गठन गरिएको हो । अहिले बिहान ७ बजे शान्तिवाटिकाबाट प्रभातफेरी भयो भने बिराटनगरमा पनि बिहानै प्रभात फेरी भइसकेकोछ । कार्यक्रममा उपप्रधान एवम रक्षा मन्त्री इश्वर पोखरेलले विशेष सम्बोधन गर्ने कुरा बताइएकोछ । 

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ एक गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.