Websoft University

आजदेखि पार्किङ निषेधभन्दै टुँडिखेलमा ब्यानर टाँगे


काठमाण्डौ माघ १ गते । रातो तारा डट कम,संघीय राजधानी काठमाण्डुको टुँडिखेलमा आजदेखि पार्किङ गर्न नपाइने भएको छ । काठमाण्डुको केन्द्र भागमा रहेको टुँडिखेल सम्पदा समेत भएकाले यसको संरक्षणमा अभियन्ताको आग्रहअनुसार आजदेखी काठमाडौँ महानगरपालिका वडा २८ ले पार्किङ गर्न रोक लगाएको हो । 

दुई दशकअघिसम्म राजनीतिक, सांस्कृतिक, सामाजिक गतिविधिका लागि प्रयोग हुँदै आएको टुँडिखेल अनधिकृत अतिक्रमणको चपेटामा परेपछि यो कदम चालिएको वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्गीले जानकारी दिनुभयो । बसपार्क, फुटपाथ ब्यापार र पार्किङले यतिबेला खुलामञ्चले सौन्दर्य गुमाएको उहााले बताउनुभयो । मानव अतिक्रमणमा परेको टुँडिखेलको स्वतन्त्रताका लागि नागरिकस्तरमा अभियानको थालनी भएको छ । 

‘‘अकुपाई टुँडिखेल’’ भन्दै कात्तिक २३ गते विशाल मानव साङ्गलोले टुँडिखेल घेरा हालेको थियो । उक्त अभियानमा कलाकार, राजनीतिज्ञदेखि जनप्रतिधिसमेतले साथ दिएका छन् । हरेक शनिबार जनचेतनामूलक गतिविधि गर्दै आएका अभियन्तालाई साथ दिँदै काठमाण्डु महानगरपालिका वडा नम्बर २८ ले आजदेखि टुँडिखेलमा पार्किङ निषेधभन्दै ब्यानर टाँगेको छ । जनतादेखि जनप्रतिनिधिसम्म अभियानसमेत अभियन्ताले सञ्चालन गरेका छन् ।

टुँडिखेलभित्र अस्थायी बसपार्क, पार्किङ, व्यापारिक टहरा, भ्युटावर निर्माण सामग्री थुप्रिएका छन् । त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म फैलिएको टुँडिखेलमा स्थायी रूपमै १३ स्थान मिचिएका अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले बताउनुभयो । टुँडिखेलको ऐतिहासिक र राजनीतिक पृष्ठभूमि मात्र नभएर सांस्कृतिक पर्व, जात्रा र सम्पदासँग समेत गाँसिएको विषय भएको उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.