Websoft University

विवाह मण्डप हल निर्माणका लागि बलियमा श्रीमद् भागवत महापुराण सुरु



शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं-४ स्थित बलियामा आज देखि  सप्ताह पुराण सुरु भएको छ। शिव पञ्चायतन मन्दिरको आयोजनामा सुरु गरिएको यस श्रीमद् भागवत महापुराण आज पुष २६ गते शनिबार बिहान कलश सोभा यात्रा गरी दिउँसो  सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकाल द्वारा उद्घाटन भएको थियो।

उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि ढकालले यस पुराणका लागि नगरको तर्फबाट गर्नु पर्ने साथ सहयोग गर्न हरदम तयार रहेको बताएका थिए।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि सुन्दर हरैचा नगरपालिकाकी उपप्रमुख धना तामाङ साथै  सुन्दर हरैचा नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले आयोजक समितिलाई धन्यवाद दिँदै भवन निर्माण समितीको उद्देश्य पूरा गर्नका निम्ति वार्डको तर्फ बाट साथै विभिन्न निकायका तर्फबाट भवन निर्माण सम्पन्न गराउनका लागि गर्नु पर्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका थिए।

सुन्दर हरैचा को वार्ड नं ४ मा रहेको शिव पञ्चायन मन्दिरको एक कठ्ठा छ धुरमा फैलिएको जग्गा मध्ये दक्षिण पट्टि विवाह मण्डप तथा सभाहल निर्माण कार्य टाईबिम सम्म पुगिसकेको र अरू कार्य अधुरो रहेको हुँदा कार्यसमिति साथै बलियाबासी बिच बसेकाे वृहद भेलाबाट भवन सम्पन्न गर्नको निम्ति सो श्रीमद् भागवत महापुराणको आयोजना गरिएको समितिका उपाध्यक्ष कैलाश बस्नेतले जनाएका छन्।

उक्त सप्ताह पुराणमा आचार्य पण्डित कुमार निरौला ज्यूको  मुखराविन्दबाट कथा वाचन साथमा उपवाचक पण्डीत शास्त्री शंकर पौडेल बाट पाठ पारायण गरिने साथै चर्चित कलाकारहरुद्वारा झाँकी सहितको देवलीला, संगीतमय भजन कृतन कार्यक्रम गर्दै माघ ५ गते सो पुराण सम्पन्न गरिने आयोजक समितिले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.