Websoft University

प्रमुख पर्यटकिय र धार्मिक स्थल रौता पोखरीमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना


श्याम राइ  गाइघाट, पौष २९ गते । रातो तारा डट कम,भ्रमण वर्ष २०२० को अवसरमा त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले जिल्लाको प्रमुख पर्यटकिय र धार्मिक स्थल  रौता पोखरीमा वृहत अन्तरक्रियाको आयोजना गरी रौता पोखरीलाइ आन्तरीक तथा वाह्य पर्यटक भित्राउने गन्तव्यको रुपमा विकसीत गरीने लक्ष्य राखेको छ । 
 
शुक्रबार र शनीबार आयोजित  अन्तरक्रिया बाट रौता पोखरी को प्रवद्र्धनमा कूनै पनि निकायले चासो  नदेखाउदा वर्षौ देखी उपेक्षीत  बनेको रौता पोखरी बारे व्यापक मात्रामा प्रचार प्रसार गरी वाह्य स्तर बाटै  लगानी गरेर आन्तरीक एंव  बाह्य  धार्मिक  एवम्  पर्यटकीय स्थलको रुपमा विकसित  गरीनु पर्ने  अन्तरक्रियामा  सहभागी वक्ताहरुले धारणा राखेका छन् ।  रौता पोखरी पुग्नको लागी सडक बाटो  राम्रो नभएकोले सवै भन्दा पहिले सडक  यातायातमा जोड दिनुपर्ने उनीहरुको धारणा रहेको थियो । 

त्यसैगरी गाईघाट बेलदोभान देखि  रौता पोखरीसम्म केबलकार संचालनको लागी संभाव्यता अध्ययन, लगानी कर्ताको खोजि सँगै स्थानिय तहबाट समेत केबलकार संचालनमा एकमुष्ट रकमको व्यवस्था गरीनु पर्ने धारणा वक्ताहरुले राखेका छन् । 
 
उदयपुरको सदरमुकाम गाइघाट देखी  झण्डै ४५ किलोमीटर उत्तरमा पर्ने रौता पोखरी यस क्षेत्रकै  प्रमुख धार्मिक एवम्  पर्यटकिय स्थलको रुपमा रहेको छ ।  समुन्द्र सतहदेखी झण्डै १ हजार ७ सय फीट उचाईमा रहेको रोता पोखरी धार्मिक आस्थाको केन्द्र रहदै आएको छ ।  मनोकामना पुरा होस भनी दैनीक एक सयको हाराहारीमा भक्तजनहरु रौेता पोखरी पुग्ने गर्दछन् ।

उद्योग वाणिज्य संघको अन्तरक्रियामा गाइघाट बजारका व्यापारी, उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्वाञ्चलका उद्योगी, व्यावसायी, स्थानिय तहका जनप्रतिनिधि, राजनैतिक दलका नेता, उदयपुरका सांसद, कानुन व्यावसायी र सञ्चारकर्मी, प्रहरी, प्रशासन गरी झण्डै  ३०० जनाको सहभागीता रहेको उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगतले  बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.