बविना बस्नेत, काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम, डि आर अटुको संगीतमा खोटाङकी अस्मिता पुमा राईको आवाजमा माया मारेर गयौ तिमीले गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ ।
नेपाली सुगम संगीतमा राम्रो सम्भवना भएकी गायिका हुन अस्मिता पुमा राई । डि आर अटुको शब्द संगीतमा समावेश गरिएको प्रेम र विछोडका भावहरुलाई उनले निकै कलात्मक रुपमा गाएकी छन ।
मायालुको याद पल पल आउने भएकाले प्रेमको नगरीमा आफना प्रेमीलाई सजाउनको लागी आफु निकै हतारिएको गीतमा भनिएको
छ । गीतको एरेन्ज तथा मिक्सिङ राजु कार्किले गरेका हुन । मनोज राईले भिडियो लाई छायाँकन तथा सम्पादन गरेका हुन ।
Post a Comment