पाचँथर, फाल्गुन ५ गते । रातो तारा डट कम,पाचथरको फाल्गुनन्द गाउँपालिका-३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष ११ को मन कुमार तामाङलाई हीजो दिउँसो पौने ४ बजेको समयमा अचानक परेको चट्याङको झड्काले लागेर दुवैजना गम्भीर घाईते भएका थिए । घाईते दुबैजनालाई जिल्ला अस्पताल पाचँथर पुर्याउनासाथ भगेन्द्र तामाङलाई डाक्टरले मृत घोषणा गरेका थिए भने मन कुमार तामाङको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
Post a Comment