Websoft University

हिमपातका कारण भिजेकाेे जडिबुटी सुकाउन नपाउदा कुहिने चिन्तामा परे किसान


काठमाडौ फागुन ५ गते । रातो तारा डट कम,सिमकोट,व्यापारीहरूले सङ्कलन गरेका जडीबुटी हालै परेको हिमपातका कारण भिजेकाले कुहिने चिन्ता गरेकाछन् । बाक्लो हिमपातका कारण विमानस्थालमा थुपारिएका जडीबुटी भिजेका र लामो समयसम्म सुकाउन नसक्दा ठूलो नोक्सानी व्यहोर्नु परेको व्यापारीहरूले गुनासो गरेका छन् ।

सिमकोट विमानस्थलमा साठी क्विन्टल जटामासी त्यतिकै छोडेर आउनुभएका जडीबुटी व्यापारी रामबहादुर भण्डारीले हिमपातका कारण भिजेको जडीबुटी लामो समयसम्म सुकाउन नपाएपछि कुहिन थालेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, भिजेको जडीबुटी अब केही दिनभित्र सुकाउन नपाए करिब ३६ लाख रुपियाँ बराबरको घाटा बेहोर्नु पर्नेहुन्छ ।

त्यस्तै ८० भन्दा बढी क्विन्टल जटामासी सिमकोटमै राख्नुभएका व्यापारी कल्लाने बुढाले पनि हिउँ पग्लन थालेपछि जडीबुटी भिजेर कुहिन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । लामो समयसम्म घाम नलागेपछि सङ्कलन गरिएका जडीबुटी कुहिन थालेका उहाँको भनाइ छ ।

व्यापारी बुढाले जडीबुटी भण्डारन गरिएको स्थानको हिउँ पन्छाए पनि घाम नलाग्दा सुकाउन नसकिएको बताउनुभयो । अहिले सिमकोटमा मात्र नौ सय क्विन्टलभन्दा बढी जटामासी थुपारिएको व्यापारी बुढाले बताउनुभयो । सिमकोट वरिपरिका अन्य गाउँमा त्योभन्दा बढी परिमाणमा जडीबुटी हिउँमा परेका छन् ।

जिल्लाबाट दुई वर्षदेखि जटामासी निकासी हुन सकेको छैन । जटामासी निकासीका लागि गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन नआउँदा निकासीको रोकिएको व्यापारीहरूको भनाइ छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.