काठमाण्डौ,फागुन ५ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले संसदीय सुनुवाइ विशेष समितिको आजको बैठक बहिष्कार गरेको छ । माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई नबोलाइएको प्रति आपत्ति जनाउँदै समितिको सिंहदरबारमा बसेको बैठकमा काँग्रेस सदस्यहरू अनुपस्थित भएका हुन् । दुई साताअघि बसेको सुनुवाइ समितिको बैठकलाई पनि काँग्रेसले बहिष्कार गरेको थियो । संवैधानिक परिषद्को बैठकका निर्णयप्रति विरोध रहेकाले उपस्थित नभएको काँग्रेस सांसदहरूले बताएका छन् । अब हुने बैठकमा पनि सहभागी नहुने काँग्रेसले जनाएको छ ।
Post a Comment