झापा, फाल्गुन ५ गते । रातो तारा डट कम,पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-१४ धाइजनमा आज बिहान सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बिहान सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७८४८ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउँदै गरेको ३ चक्के ठेला गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक मेचीनगर नगरपालिका-८ बस्ने बर्ष ४२ को ऋषीकेस फुयाल, मोटरसाईकलको पछाडी सवार बर्ष ५५ को दिलिप घिमिरे त्यसै गरी ठेला चालक मेचीनगर-१० बस्ने बर्ष १२ को सुरज चौधरी, ठेलामा सवार बर्ष १२ को कैलाश सहनी र बर्ष १२ को धर्तीजित सहनी घाइते भएका हुन् । दुर्घटनामा परि घाइते सवैलाई उपचारको लागि मोटरसाईकल चालकले उपचारको लागि मनकामना अस्पताल चारआली लिएर गएको प्रहरी चौकी चारआलीले जनाएको छ ।
Post a Comment