Websoft University

बिराटनगरमा आइपुग्यो, मेरो गाउँ मेरै ठाउँ-राम्रो भिज्योल बनाउनेले पुरस्कार पनि पाउने



बिराटनगर फागुन ५ गते । रातो तारा डट कम,मेरो गाउँ,मेरो ठाउँ’ नाम सुन्दै आहा भन्ने खालको छ । अझ यसको काम पनि झनै राम्रो र उपलब्धी मुलक देखिएको छ ।

नेपाल आफैमा सुन्दर प्रकृतिले भरिएको देश हो, जहाँ रमाईला हिमाल, पहाड अनि तराईका भुभागमा अबस्थित छ । घना–जङ्गल, नदी नाला, धार्मिक तथा पर्यटकिय स्थल हाम्रो देशको बिशेषता हो । अबको एक वर्ष पछि नेपाल पर्यटन बोर्डले ‘नेपाल भ्रमण बर्ष २०२०’को तयारी गर्दैछ ।

यसका लाािग सबै संघ–सस्थाहरु आ– आफ्नो तर्फबाट तयारीमा जुटिरहेका छन् । यसैविच वी विल राइज फाउन्डेसन ९हामी उठ्ने छौं० नामक सस्थाले पनि ‘नेपाल भ्रमण बर्ष २०२०’को लागि ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो प्रतियोगिता घोषणा गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवद्र्धन गराउन भिडियो च्यालेन्ज अभियान टोली विराटनगरमा आएर अभियानबारे जानकारी गराएको हो।

वी विल राइज फाउन्डेसन संस्थापक निर्देशक निर्मल श्रेष्ठले भिडियो च्यालेन्जले नेपालको पर्यटनलाई सघाउ पुर्याउने बताए । देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवद्र्धनका लागि अगाडि सारेको छ ।

चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कलारसंस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ। भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।

यस्तो प्रतिस्पर्धा- देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कार पाउनेछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले एक लाख रुपैया पुरस्कार पाउने छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.