Websoft University

फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने


शिव भट्टराई सुनसरी फागुन ५ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ ।
ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त प्रतियोगिता फागुन २०,२१ र २२ गते अडिसन भई चैत १५ गते फाइनल अडिसन सुन्दरहरैचा स्थित इन्द्रपुर जेसिजको सभाहलमा हुने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

आयोजकले पत्रकार सम्मेलन सुन्दरहरैचा नगरपालिका स्थित हवना होटलमा आयोजना गरेको थियो ।

करिब २० लाख ८० हजार अनुमानित लागतमा शुरु हुने उक्त प्रतियोगिता पुर्वाञ्चल स्तरिय भनिए पनि १ नं प्रदेस भरिका युवतीहरुले सहभागी जनाउन सक्ने पत्रकार सम्मेलन मार्फत सस्थाका निर्देशक उपेन्द्र बजगाईले जानकारी दिएका छन ।

उक्त प्रतियोगिताको अडिसन भने आयोजकले तोकेको मितिमा दमक, विराटनगर, विर्तामोड, दमक, इटहरी, धरान, विराटचौक र धनकुटामा हुने सस्थाका प्रमुक निर्देशक सागर लुइटेलले बताएका छन ।

कार्यकममा सहभागी मध्ये मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ लाई एउटा स्कुटी , मिस फस्ट राउण्ड अफलाई नगद रु ७५ हजार मिस सेकेन्ड राउन्ड अफलाई नगद रु ३५ हजार आयोजकले राखेको छ भने आयोजकले मिस ट्यालेन्ट, मिस डिसिप्लेन, बेस्ट हेयर एण्ड स्टाइल, मिस फोटो जेनिस, मिस क्याट्वक, मिस फ्रेण्डसिप, मिस पपुलर जस्ता विभिन्न ७ विधामा ७ जनालाई करिब १५००० मुल्य बराबरको हवाई मोबाइल प्रदन गरिमे सस्थाका निर्देशक विजय लिम्बुले बताएका छन ।

आयोजकले गाउँ घरमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउने उद्देश्य साथै सामाजिक क्षेत्रमा युवा युवतीहरुलाई अग्रसर गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका निर्देशक विनोद भट्टराईले बताएका छन ।

भट्टराईले उक्त प्रतियोगिता गरेर बचेको सम्पुर्ण रकम सामाजिक क्षेत्रमा खर्च गरिने जसमा विशेष प्राथमिकता विभिन्न पिछाडिएका विधालय, तथा वर्गहरुमा खर्च गरिने बताएका छन ।

उक्त प्रतियोगितामा सहभागी जनाउन कम्तिमा १८ वर्ष देखि २४ वर्षको हुनुपर्ने जसमा प्रतियोगीको उचाई भने ५.२ फिट हुनु पर्ने छ भने मिनिमम शैक्षिक योग्यता भने एसएलसी पास हुनु पर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

उक्त प्रतियोगितामा १ नं प्रदेश भरिका करिब ४०० भन्दा बढी युवतीहरुले सहभागी जनाउने र उक्त प्रतियोगितामा करिब १५०० भन्दा बढी दर्शको उपस्थिती हुने अनुमान गरिएको प्रतियोगिताको प्रमुख सल्लहकार यादव पौडेलले बताएका छन  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.