Websoft University

तेस्रो सुन्दरहरैचा एक्स्पोमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति


शिव भट्टराई सुनसरी फागुन ५ गते । रातो तारा डट कम,
हिजो सभामुख कृष्ण बहादुर महराले उद्घाटन गर्नु भएको तेस्रो सुन्दरहरैचा एक्स्पोको सांस्कृतिक कार्यक्रममा गायक प्रमोद खरेलको प्रस्तुति रहेको थियो, भने आज सांझको सास्कृतिक कार्यक्रममा गायक रामकृष्ण ढकाल र हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति भईरहेकोछ।

हिजो बाट शुरु भएको तेस्रो सुन्दरहरैचा एक्स्पोमा आयोजकले हिजो प्रवेश नि:शुल्क गरेको थियो भने आज देखि प्रवेश शुल्क लाग्ने भएको छ ।

सुन्दरहरैचा एक्सपोको आज दोस्रो दिन सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकाल , सुन्दरदुलारी उद्योग वाणिज्य संघ साथै तेस्रो सुन्दरहरैचा एक्स्पोका  अध्यक्ष किशोर कार्की , सचिव  जीवन ढुंगाना हेलिकप्टरबाट सुन्दरहरैचामा रहेको पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्नु भएको थियो। भ्रमण गर्ने क्रममा एक्स्पोका प्रतिनिधिहरुले यस एक्स्पोमा आई हेलिकप्टरको मजा लिएर एक्स्पो सफल पार्न आग्रह गर्नु भएको थियो।

फागुन ४ गते देखि फागुन १२ गते सम्म ९ दिन सञ्चालनमा आउने एक्स्पोमा प्रत्येक दिन दिउँसो २ बजे देखि राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

औधोगिक उत्पादनका वस्तुहरु, कृषी उत्पादनका वस्तुहरु , सुचना प्रविधि, वैकल्पिक उर्जा , घरायसि सामाग्री,अटोमोबाइल्स्, बैक तथा वितिय सस्था,लुब्रीकेन्ट्स र पार्टसका सामाग्रीहरुको पर्दशन रहेको उक्त एक्स्पोमा आयोजकले १८५ वटा भन्दा बढी स्टलहरु भएको एक्स्पो सयोजक किशोर कार्किले बताएका छन ।

एक्स्पोलाई सफल पार्न एक्स्पोको मुख्य प्रायोजक पिएलओ लुब्रीकेन्ट्स रहेको छ भने सह प्रायोजक पाथिभरा कंक्रीट इन्ड्रस्ट्रीज प्रा.लि. रहेको छ भने विशेष सहयोगी सुन्दरहरैचा नगरपालिका रहेको आयोजकले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.